ट्रयाक्टरले किचेर मृत्यु
ratopati.com · Wed Aug 26 08:07:36 GMT 2026

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ ।
ट्याक्टरबाट खसेका उनीलाई सोही ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । फरार चालकको खोजी भइरहेको उनले बताए ।
Read full story at source (ratopati.com)