बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
nepalviews.com · Wed Aug 26 08:07:15 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए । छलफलमा बाढीबाट भएको क्षति, तटीय क्षेत्रका बस्तीको अवस्था तथा उद्धार र राहत कार्यबारे जानकारी लिइएको थियो ।
Read full story at source (nepalviews.com)