क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद
ratopati.com · Wed Aug 26 08:14:46 GMT 2026

काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिएको छ । तीन वटै सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आपतकालीन सडक उद्धारका लागि आवश्यक उपकरणसहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सतुङ्गलस्थित एपिएफ अस्पतालमा बाढी प्रभावितको सुविधाका लागि शय्या खाली गरिएको छ ।
Read full story at source (ratopati.com)