बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल
ratopati.com · Wed Aug 26 08:17:34 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिबारे प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (ratopati.com)