रसुवा बाढीका कारण प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल
onlinekhabar.com · Wed Aug 26 08:09:11 GMT 2026

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित भई छलफल भएको छ।
Read full story at source (onlinekhabar.com)