भोटेकोशी बाढीमा उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन लिङ्देनको आग्रह
ratopati.com · Wed Aug 26 08:24:56 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार, उपचार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर सरकारी संयन्त्र परिचालन गर्न आग्रह गरेका छन्।
बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा ठूलो क्षति भएको प्रारम्भिक विवरणले आफू मर्माहत भएको भन्दै लिङ्देनले बुधबार एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइते र विस्थापितप्रति सहानुभूति व्यक्त गरेका छन्।
Read full story at source (ratopati.com)