नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार
khabarhub.com · Wed Aug 26 08:24:55 GMT 2026

काठमाडौं – भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार भएको जनाइएको छ ।
बाढीबाट घाइतेहरुको उपचारका लागि काठमाडौँस्थित विभिन्न अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, स्काउट, लायन्सलगायतका संघसंस्थासँग आवश्यक समन्वय भइरहेको पनि सरकारले जनाएको छ ।
Read full story at source (khabarhub.com)