राम धुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
canadanepal.com · Sun Jul 12 03:40:32 GMT 2026

सुनसरी - सुनसरीको रामधुनी सब डिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहु वर्षीय बिरुवा उत्पादन गरी नि:शुल्क वितरण गर्दै आएको छ ।
विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सब डिभिजन वन कार्यालय राम धुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेज पत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् । केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहु वर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उनले बताए ।
Read full story at source (canadanepal.com)