मर्निङ वाक गर्नेहरूको रोजाइ बन्यो नागढुंगा–सिस्नेखोला लिंक रोड (तस्वीरहरू)
shilapatra.com · Sun Jul 12 03:37:00 GMT 2026

नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको समयमा मर्निङ वाक गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ । सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सयौं स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँड्डुलका लागि पुग्ने गरेका छन् ।
बिहान सबेरैदेखि नै लिंक रोडमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति देख्न सकिन्छ । कसैले दौडिने, कसैले छिटो हिँड्ने (ब्रिस्क वाक) गर्ने तथा कसैले समूहमा सामान्य व्यायाम गर्ने गरेका छन् । खुला वातावरण, कम सवारी आवागमन र व्यवस्थित सडक संरचनाका कारण यो क्षेत्र बिहानको समयमा सुरक्षित र सहज मर्निङ वाक स्थलका रूपमा स्थापित हुँदै गएको स्थानीय बताउँछन् ।
Read full story at source (shilapatra.com)