सम्पर्कविहीन सशस्त्र प्रहरीको संख्या १३ पुग्यो
ratopati.com · Wed Aug 26 08:32:57 GMT 2026

काठमाडौँ। चीनको तिब्बत तर्फबाट आएको ल्हेन्दे खोलाको बाढी रसुवाको भोटेकोशीमा मिसिएर ठुलो क्षति पुगेको छ । रसुवाको टिमुरे र मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।
रसुवागढी र मैलुङ स्थित सशस्त्रको बोर्डर आउट पोस्टमा कार्यरत १३ जना सशस्त्र प्रहरीका कर्मचारी सम्पर्कविहीन भएका हुन् । यसअघि ४ जना सम्पर्कविहीन भएको भनिएपनि सो संख्या बढेको सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए।
Read full story at source (ratopati.com)