महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा
corporatenepal.com · Sun Jul 12 03:51:47 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले ‘सिद्धार्थ महिला समृद्धि’ कर्जा सञ्चालनमा ल्याएको छ । महिला स्वामित्व वा नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस कर्जा योजनाअन्तर्गत महिला उद्यमीले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, आंशिक धितोका आधारमा २५ लाख रुपैयाँसम्म तथा पूर्ण धितोका आधारमा ५० लाख रुपियाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ । यसका लागि बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको छ ।
Read full story at source (corporatenepal.com)