भीषण बाढी आउनुअघि तिब्बतमा भूकम्प गएको खुलासा
corporatenepal.com · Wed Aug 26 08:40:19 GMT 2026

काठमाडौं । तिब्बत क्षेत्रमा आज बुधबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही समयपछि हिमपहिरो गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भूकम्पविद् लोकविजय अधिकारीले पनि ४.५ म्याग्निच्युडको उक्त भूकम्पपछि रसुवामा भीषण बाढी आएको बताएका छन् ।
यद्यपि उनले बिहान ८ बजेर २० मिनेटमा तिब्बत क्षेत्रमा २.६ म्याग्निच्युडको मात्रै भूकम्प गएको जानकारी दिए । उक्त भूकम्प बाढी आउनुअघि गएको भए पनि यसको म्याग्निच्युड निकै कम भएकाले बाढी जानमा प्रभाव पारेको हुनसक्ने सम्भावना न्यून रहेको अधिकारीले तर्क गरे ।
Read full story at source (corporatenepal.com)