मानसरोवर र गोसाईंकुण्ड गएका २५० बढी पर्यटक सम्पर्कविहीन
ratopati.com · Wed Aug 26 08:54:58 GMT 2026

काठमाडौंँ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा रहेको घरहरू बाढीले बगाएको छ । उक्त बाढी अहिले धादिङ हुँदै चितवन तर्फ गइरहेको छ । उक्त बाढीका कारण कैलाश मानसरोवर र गोसाईंकुण्ड हिँडेका २५० बढि तिर्थयात्रीहरु सम्पर्क विहीन भएका छन् ।
पर्यटन विभागका पर्यटक प्रहरी नायव उपरीक्षक (डिएसपी) विश्वराज अधिकारीले रातोपाटीसँग भने ‘धेरै जसो मानसरोवर हिँडेका तिर्थयात्रीहरु सम्पर्कमा आएका छैनन् । गोसाईंकुण्डका थोरै मात्रै सम्पर्क बाहिर छन् । यात्रामा कति थिए भन्ने कुरा नै यकिन जानकारी आइसकेको छैन । हामी अहिले तथ्याङ्क सङ्कलन गरेर राहत र उद्धार तर्फ छौँ,’ उनले भने ।
Read full story at source (ratopati.com)