तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ्दो, ११ महिनामै १ अर्ब १८ करोड रुपैयाँको निर्यात
kendrabindu.com · Sun Jul 12 04:07:48 GMT 2026

पर्सा । नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै वीरगन्ज नाकाबाट तेस्रो मुलुकतर्फ यसको निर्यात निरन्तर बढिरहेको छ । विशेषगरी अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा युरोपका विभिन्न मुलुकमा घरपालुवा कुकुर–बिरालोका लागि प्रयोग हुने च्यु–ट्रिटका रूपमा नेपाली छुर्पीको माग बढेपछि निर्यातमा उल्लेख्य वृद्धि देखिएको हो ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ अर्ब १८ करोड रुपैयाँ बराबरको ६ लाख ४४ हजार ३ सय ८६ किलोग्राम छुर्पी निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ५ लाख ८७ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो। यस आधारमा चालु वर्षमा मूल्यका हिसाबले करिब १४ करोड रुपैयाँ र परिमाणका हिसाबले करिब ५७ हजार किलोग्रामले निर्यात बढेको देखिन्छ।
Read full story at source (kendrabindu.com)