विश्वकप २०२६ : सेमिफाइनलमा प्रतिद्वन्द्वी बन्ने छन् इंग्ल्यान्ड र अर्जेन्टिना, स्पेन र फ्रान्स
himalpress.com · Sun Jul 12 04:14:01 GMT 2026
काठमाडौँ- विश्वकप २०२६ का सेमिफाइनल समीकरण सकिएका छन्। इंग्ल्यान्ड र अर्जेन्टिनाको जितसँगै अब चार टोली सेमिफाइनल पुगेका हुन्। साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डलाई ३-१ ले हराउँदै र इंग्ल्यान्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल पुगेका हुन्। यसअघि नै फ्रान्सले मोरक्कोलाई र स्पेनले बेल्जियमलाई पन्छाउँदै सेमिफाइनलको बाटो तय गरेका हुन्।
अब सेमिफाइनलको एक खेलमा इंग्ल्यान्ड र अर्जेन्टिना तथा अर्को खेलमा स्पेन र फ्रान्स भिड्नेछन्। उनीहरूमध्ये दुई टोली उपाधिका लागि लड्नेछन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा फिफा विश्वकप २०२६ आयोजना गरेका छन्।
Read full story at source (himalpress.com)