त्रिशूली किनारका बस्तीलाई सतर्क रहन गोरखा प्रशासनको आग्रह
gorkhapatraonline.com · Wed Aug 26 09:03:38 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आकस्मिक रूपमा ठुलो बाढी आएपछि गोरखाको त्रिशूली नदी आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढीको प्रभावका कारण गोरखा जिल्ला भएर बग्ने त्रिशूली नदीको बहाब बढ्न सक्ने भन्दै नदीको बहाब बढ्दा नदी किनारका बस्तीमा बाढी तथा डुबानको जोखिम हुन सक्ने भएकाले स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)