हिमताल फुटेर रसुवा बाढी आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान
onlinekhabar.com · Wed Aug 26 08:57:26 GMT 2026

१० भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीले अकल्पनीय क्षति पुर्याएको छ । रसुवागढी भन्सार, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशुली, टिमुरे लगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको देखिन्छ ।
बुधबार बिहान करिब ९ बजेतिर आएको बाढीको कारण भने अझै खुल्न सकेको छैन । यो क्षेत्रका विज्ञहरूले हिमताल फुटेर, हिमपहिरो वा नदीको बाँध भत्किएर बाढी आएको हुनसक्ने अनुमान लगाएका छन् ।
Read full story at source (onlinekhabar.com)