समाज कल्याण परिषद्को आह्वान : उद्धार, राहत र पुनःस्थापना जुटौं
nepalnews.com · Wed Aug 26 09:07:35 GMT 2026

काठमाडौं । समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी–त्रिशूलीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरेको छ।
परिषद्ले आज अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो।
Read full story at source (nepalnews.com)