चिकित्सक संघले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गर्ने, सरकारसँग समन्वय भइरहेको जानकारी
swasthyakhabar.com · Wed Aug 26 09:16:23 GMT 2026

काठमाडौं- भोटेकोसी नदीको बाढी र पहिरोका कारण प्रभावित भएका क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्याउन नेपाल चिकित्सक संघले उच्च सतर्कताका साथ तयारी अगाडि बढाएको छ।
संघले बाढी प्रभावित नागरिकहरूको उपचारका लागि आवश्यक विशेषज्ञ चिकित्सक र जीवनरक्षक स्वास्थ्य सामग्रीसहितको विशेष मेडिकल टोली ‘स्ट्यान्डबाइ’ (तैयारी अवस्थामा) राखिएको जनाएको छ। प्रभावित क्षेत्रमा टोली खटाउन र द्रुत उपचार सेवा व्यवस्थापनका लागि हाल नेपाल सरकार तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको संघले जानकारी दिएको छ।
Read full story at source (swasthyakhabar.com)