सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली
barnanmedia.com · Wed Jun 10 10:14:11 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् ।
उनले भनिन्, ‘९० प्रतिशत सनातनीहरु बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसावमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतीक आक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइराखिएको छ ।’
Read full story at source (barnanmedia.com)