बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग
reportersnepal.com · Wed Aug 26 09:27:16 GMT 2026

काठमाडौँ, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले रसुवालगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको बाढीलाई आवश्यकताअनुसार राष्ट्रिय विपद् घोषणा गरी उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले बाढीबाट हजारौँ नागरिक बेपत्ता भएको सूचना आएको र जलविद्युत् आयोजना, सुरक्षा निकायका पूर्वाधार, विद्यालय, बस्ती, बजार तथा पुलपुलेसामा ठूलो क्षति पुगेको बताए । उनले क्षतिको वास्तविक विवरण अझै पूर्ण रूपमा प्राप्त नभएको भन्दै अवस्था कल्पनाभन्दा बाहिरको रहेको बताए ।
Read full story at source (reportersnepal.com)