भोटेकोशी बाढीमा ४७ जना पर्यटक सम्पर्कविहीन
gorkhapatraonline.com · Wed Aug 26 09:31:38 GMT 2026

कैलाश मानसरोवर यात्राको क्रममा रसुवा पुगेका ४७ जना पर्यटक सम्पर्कविहीन भएका छन् । काठमाडौँमा रहेको हिमालयन ग्लेसियरमार्फत मङ्गलबार बेलुका रसुवाको नेपाल–चीन सीमाक्षेत्रमा पुगेका उहाँहरु भोटेकोशी नदीमा बाढी आएलगत्तै सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी पर्यटकहरु रहेको हिमालयन ग्लेसियरका सञ्चालक सागर पाण्डेले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “हाम्रो कम्पनीमार्फत कैलाश मानसरोवरको यात्राका लागि रसुवागडी नाका पुग्नु भएका ४७ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा भारतीय मूलका अमेरिकी तथा क्यानडेली नागरिक र नेपाली पर्यटकहरु रहेका छन् । उहाँहरुको खोज तथा उद्धारका लागि हेलिकोप्टरमार्फत घटनास्थलतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिरहेको छु।”
Read full story at source (gorkhapatraonline.com)