सेनाद्वारा २५ जनाको उद्धार, १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन
ratopati.com · Wed Aug 26 09:36:29 GMT 2026

रसुवा । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रु तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।
बाढी प्रभावितको उद्धार र प्रतिकार्यका लागि सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरले आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउनेछन्।
Read full story at source (ratopati.com)