निगमले नुवाकोट पठायो ११ हजार लिटर हवाई इन्धन
gorkhapatraonline.com · Wed Aug 26 09:39:56 GMT 2026

नेपाल आयल निगमले ११ हजार लिटर हवाई इन्धन नुवाकोट पठाएको छ । रसुवा बाढीबाट प्रभावितको उद्धार गर्न सहज होस् भनेर निगमको सिनामङ्गल हवाई इन्धन डिपोले कार्यलयले हवाई इन्धन बोकेको ‘रिफ्युलर’ गाडी नुवाकोट पठाएको हो ।
सिनामङ्गल डिपो कार्यलयका प्रमुुख प्रदीवकुुमार यादवले प्रभावितलाई उद्धार र राहत वितरण गर्न सहज होस् भनेर ११ हजार लिटर हवाई इन्धन नुुवाकोट व्यारेकमा पठाएको जानकारी दिनुुभयो ।
Read full story at source (gorkhapatraonline.com)