उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
kalakarmi.com · Sun Jul 12 05:37:53 GMT 2026

काठमाडौं– तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ९ईन्फा०–२०२६ अन्तर्गत उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्ट्स यूके तथा इन्फा नेपालको संयुक्त आयोजनामा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा २० प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा फिल्मकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो ।
यस वर्ष २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्ये अनुभवी तथा स्वतन्त्र निर्णायक मण्डलले गरेको निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरिएको आयोजकले जनाएको छ । निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी तथा वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए ।
Read full story at source (kalakarmi.com)