अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
gorkhapatraonline.com · Wed Aug 26 10:29:30 GMT 2026

अमेरिका-क्यानाडा व्यापार विवाद थप चर्किएको छ । क्यानाडाले अमेरिकी सामानमा १५ देखि ५० प्रतिशतसम्म प्रतिशुल्क लगाउने घोषणा गरेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानाडाली सामानमा उच्च शुल्क लगाएपछि चालिएको हो ।
क्यानाडाको प्रतिशुल्क सेप्टेम्बर ८ देखि लागू हुनेछ । अर्थमन्त्री फ्रान्कोइस-फिलिप च्याम्पेनका अनुसार अमेरिकी शुल्कअनुसार १५, २५ र ५० प्रतिशतका दरमा प्रतिशुल्क लगाइने छ । यसबाट इस्पात, आल्मुनियम, दुग्धजन्य पदार्थ, माछा, इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण प्रभावित हुने छन् । क्यानाडाले व्यापार विवादबाट प्रभावित कम्पनी र कामदारका लागि पाँच अर्ब ४० करोड अमेरिकी डलरको सहायता प्याकेजसमेत घोषणा गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)