भूकम्पले हिमपहिरो झरेकाले बाढी आयो : सरकार
barnanmedia.com · Wed Aug 26 10:29:02 GMT 2026

काठमाडौँ — सरकारले रसुवाको भोटेकोसीमा बाढीको कारण भूकम्पले हिमपहिरो खसेको भएको प्रारम्भिक सूचना भएको जानकारी संसदमा दिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले उक्त जानकारी दिएका हुन् । 'आज अन्दाजी ८ बजेर ४० मिनेटतिर रसुवाको भोटेकोसीमा बाढी आएको थियो । रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँ प्रभावित भएका छन्,' मन्त्री खनालले भने, '८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको । भूकम्पले हिमपहिरो झरेको र त्यसका कारणले बाढी आएको भन्ने भन्ने प्रारम्भिक सूचना आएका छन् । त्यसलाई थप भेरिफाइ गर्नुपरर्ने देखिन्छ ।'
Read full story at source (barnanmedia.com)