सुकुमवासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
onlinekhabar.com · Sun Jul 12 05:46:56 GMT 2026

२८ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्ने भन्दै प्रधानमन्त्री बालेनले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन् । ‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु- ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ’, उनले भने, ‘आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?’
Read full story at source (onlinekhabar.com)