विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
canadanepal.com · Sun Jul 12 05:53:39 GMT 2026

भोजपुर– विद्यार्थीलाई पाठ्यपुस्तकको सीमाभन्दा बाहिर जीवनोपयोगी सीप, मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले भोजपुरस्थित समता स्कुलले सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विद्यालयले स्थानीय कला, संस्कृति, परम्परा र जीवनशैलीबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्न नियमित रूपमा सांस्कृतिक गतिविधि सञ्चालन गरिरहेको जनाएको छ। सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, परम्परागत भेषभूषा प्रदर्शन, स्थानीय खेलकुद तथा चाडपर्वसम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत विद्यार्थीलाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउँदै आएको विद्यालयको भनाइ छ।
Read full story at source (canadanepal.com)