रुसी कच्चा तेल आयातमा भारतको नयाँ कीर्तिमान, जुन महिनामा ३४ प्रतिशतको वृद्धि
clickmandu.com · Sun Jul 12 06:08:46 GMT 2026

एजेन्सी । सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को प्रतिवेदन अनुसार, रुसको समग्र तेल निर्यात राजस्वमा गिरावट आएको भए तापनि जुन महिनामा भारतले आयात गर्ने रुसी कच्चा तेलको परिमाणमा ३४ प्रतिशतले वृद्धि भई नयाँ रेकर्ड कायम भएको छ ।
भारतले जुन महिनामा मात्रै ४.५ अर्ब युरो बराबरको रुसी कच्चा तेल खरिद गरेको छ । त्यो उसको कुल ५.५ अर्ब युरोको रुसी खनिज इन्धन आयातको ८३ प्रतिशत हिस्सा हो । यस तथ्यांकसँगै भारत चीनपछि रुसी हाइड्रोकार्बनको विश्वकै दोस्रो ठूलो खरिदकर्ता बनेको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (clickmandu.com)