पालुङटारबाट गोसाइँकुण्ड गएका ३३ जना यात्रु सम्पर्कविहीन
annapurnapost.com · Wed Aug 26 10:54:21 GMT 2026

गोरखा : गोरखाको पालुङटार नगरपालिकाकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थ यात्रामा गएकाहरू सम्पर्कविहीन भएका छन् । पालुङ्टार नगरपालिका- ५ ठाँटीपोखरीबाट गोसाइकुण्ड यात्रामा गएका यात्रुहरू बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताइन् ।
बुधबार बिहान भोटेकोशीको बाढीको घटना लगत्तैदेखि उनीहरूको अवस्था अज्ञात रहेको उपप्रमुख पाण्डेले जानकारी दिइन् । ‘यहाँबाट दुईवटा माइक्रो र एउटा बसमा यात्रुहरू गोसाइकुण्डतर्फ गएका थिए’,उनले भनिन्,‘हाल दुईवटा माइक्रो बसका यात्रुहरू सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको छ । एउटा बसको यात्रुहरूको अवस्था भने अज्ञात छ । केही समयअघि बसका चारजनाले आफूहरू हामफालेर सुरक्षित रहेको जानकारी गराएका थिए । अहिले उनीहरू पनि सम्पर्कमा छैनन् ।’
Read full story at source (annapurnapost.com)