क्यारिबियनमा अमेरिकी आक्रमणमा चारको मृत्यु
gorkhapatraonline.com · Wed Aug 26 11:00:40 GMT 2026

क्यारिबियन सागरमा लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि अमेरिकी सेनाले गरेको आक्रमणमा चार जनाको मृत्यु भएको छ । ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सैन्य कारबाही जारी राखिरहेका बेला पछिल्लो घटना भएको हो ।
अमेरिकी साउदर्न कमान्डले एक्समार्फत सार्वजनिक गरेको विवरणअनुसार संयुक्त टास्क फोर्स वेस्टर्न हेमिस्फियरले मङ्गलबार क्यारिबियनमा स्थापित लागूऔषध तस्करी मार्गमा सञ्चालन भइरहेको जहाजलाई लक्षित गरी आक्रमण गरेको थियो । कमान्डले उक्त जहाज लागूऔषध तस्करीमा संलग्न रहेको गुप्तचर सूचनाबाट पुष्टि भएको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)