भोटेकोशी बाढी : ४४ जना सम्पर्कविहीन, उद्धारका लागि १३ हेलिकप्टर परिचालन
bishowkhabar.com · Wed Aug 26 11:04:16 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताउँदै सरकारको सम्पूर्ण ध्यान खोज तथा उद्धार, उपचार, राहत र प्रभावित नागरिकको सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विपद्को पछिल्लो अवस्थाबारे जानकारी दिँदै मन्त्री खनालले रसुवा, त्रिशूलीलगायत क्षेत्रमा कार्यरत नेपाल प्रहरीका २६ जना, सशस्त्र प्रहरीका ९ जना तथा नेपाली सेनाका कर्मचारीसहित ४४ जना सम्पर्कविहीन रहेको बताउनुभयो ।
Read full story at source (bishowkhabar.com)