बाढी विपद्मा राज्यको पूर्ण शक्ति परिचालन गर्न कांग्रेसको इतर समूहको माग
ratopati.com · Wed Aug 26 11:10:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले चीनको तिब्बतबाट आएको आकस्मिक बाढीले नेपालका विभिन्न जिल्लामा पुर्याएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेता डा.शशांक कोइराला संयोजक रहेको १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा सरकारलाई उच्च प्राथमिकताका साथ उद्धार र राहतमा जुट्न माग गरेको हो ।
रसुवाबाट प्रवेश गरेको बाढी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहेको भन्दै नेता कोइरालाले नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका आसपासका जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन हार्दिक आह्वान गरेका छन् । बाढीको जोखिम अझै टरिनसकेकाले नदी तटीय क्षेत्रमा बस्ने नागरिकहरूलाई सुरक्षित रहन विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
Read full story at source (ratopati.com)