मणिपुरमा खेतमा काम गरिरहेका किसानको गोली हानी हत्या
annapurnapost.com · Sun Jul 12 06:18:48 GMT 2026

भारत : भारतको काङपोकपी जिल्लामा संदिग्ध उग्रवादीहरूले एक ५३ वर्षीय आदिवासी किसानको गोली हानी हत्या गरेका छन् । यो हमला शनिबार दिउँसो भएको हो । किसान आफ्नी श्रीमतीसँग धान खेतमा काम गरिरहेका बेला उनलाई निशाना बनाइएको थियो । काङपोकपी प्रहरीले मृतकको पहिचान गोवाजाङ गाउँका हाओलाल सिङसिटका रूपमा गरेको छ ।
घटनाबारे एक प्रहरी अधिकारीले भने, ‘शनिबार हाओलाल आफ्नो खेतमा काम गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले उनीमाथि गोली चलाए। धेरै गोली लागेका कारण उनको घटनास्थलमै मृत्यु भयो । आक्रमणका बेला उनकी श्रीमती पनि त्यहीँ थिइन्, तर उनी सुरक्षित स्थानतर्फ भाग्न सफल भइन् ।’
Read full story at source (annapurnapost.com)