हेलिकोप्टर दुर्घटनाप्रति क्याप्टेन रामेश्वर थापाद्वारा दुःख व्यक्त, उद्धारमा उच्च सुरक्षा मापदण्ड अपनाउन आग्रह
bishowkhabar.com · Wed Aug 26 11:29:33 GMT 2026

काठमाडौं– रसुवाको टिमुरे क्षेत्र तथा त्रिशूली नदी आसपासमा बुधबार बिहान भएको हेलिकोप्टर दुर्घटनाप्रति एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले गहिरो दुःख व्यक्त गरेका छन् ।
थापाले दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले उद्धार तथा राहत कार्यमा खटिएका पाइलट, चालक दल, व्यवस्थापन, हेलिकोप्टर अपरेटर तथा सम्बन्धित व्यक्ति र निकायप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।
Read full story at source (bishowkhabar.com)