नेपालमा विपद्ः भारत, चीन र विश्व बैंकद्वारा तत्काल सहयोगको प्रतिबद्धता
kendrabindu.com · Wed Aug 26 11:32:34 GMT 2026

काठमाडौं । विपद्ग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् । बाढीको समाचार बाहिर आएलगत्तै विहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरुप २५ अर्ब रुपैयाँ सहयोग गर्न सकिने जानकारी गराएका थिए ।
दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के–के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ । प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौं ल्याइने तयारी भइरहेको बताए ।
Read full story at source (kendrabindu.com)