बाढीले पुर्याएको क्षतिप्रति आठविसकोट नगरपालिकाद्वारा दुःख व्यक्त, उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता
ajakoartha.com · Wed Aug 26 11:30:00 GMT 2026

काठमाडौं- रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण टिम्मुरे, स्याउलाखेतलगायत क्षेत्रमा भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नगरपालिकाले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्का कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै बाढीबाट प्रभावित, घाइते तथा विस्थापित नागरिकप्रति नगरपालिकाले ऐक्यबद्धता जनाएको छ।
Read full story at source (ajakoartha.com)