बागमती प्रदेश सरकारले खटायो आकस्मिक स्वास्थ्य टोली
barnanmedia.com · Wed Aug 26 11:29:59 GMT 2026

रसुवामा आएको भीषण बाढी पहिरोबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारलाई तीव्रता दिन बागमती प्रदेश सरकारले विभिन्न अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ ।
मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा प्रदेशअन्तर्गतका अस्पतालबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीसहितका टोली रसुवा र त्रिशूली क्षेत्रमा पठाइएको हो । प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतमको संयोजनमा प्रदेशका विभिन्न अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन गरिएको जनाइएको छ । भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.दिवाकर सुवेदीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली रसुवातर्फ प्रस्थान गरेको छ । टोलीमा जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा.कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल सहभागी छन् ।
Read full story at source (barnanmedia.com)