बाढीको विनाश : कम्तीमा २२ जनाको मृत्यु, झन्डै पाँच सय जना सम्पर्कविहीन
himalpress.com · Wed Aug 26 11:36:26 GMT 2026

काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ३५ जनाको सकुशल उद्धार गरिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार रसुवामा एक, नुवाकोटमा नौ र धादिङमा छ जनाको शव भेटिएको हो। शवको सनाखत हुन बाँकी रहेको उनले बताएका छन्।
बाढीमा परी कम्तीमा चार सय ८१ जना बेपत्ता भएका छन्। लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भएका छन्। आयोजना प्रवर्द्धक विजयमोहन भट्टराईका अनुसार टनेलमा काम गरिरहेका ३५ जनासहित २५ जना इन्जिनियर, चालक तथा खाना पकाउने कर्मचारी सम्पर्कविहीन हुन्।
Read full story at source (himalpress.com)