टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते
barnanmedia.com · Sun Jul 12 06:50:48 GMT 2026

टोरन्टो, असार २८ गते । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशङ्कित आक्रमणकारी अझै फरार छन् ।
टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ । तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
Read full story at source (barnanmedia.com)