तीन दिनदेखि शवगृहमै गणेश नेपालीको शव
kalakarmi.com · Sun Jul 12 07:10:28 GMT 2026

काठमाडौं- आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव तीन दिन बितिसक्दा पनि उठ्न सकेको छैन । घटनामा न्यायको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेपछि उनको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपालीले बिहीवार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो ।
Read full story at source (kalakarmi.com)