ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
ratopati.com · Sun Jul 12 07:20:44 GMT 2026

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।
Read full story at source (ratopati.com)