गत आवमा रु. ४१ अर्ब ८५ करोडको बोनस शेयर सूचीकृत, रु. ९ अर्ब १२ करोडको आईपीओ स्वीकृति
corporatenepal.com · Wed Aug 26 12:01:16 GMT 2026

काठमाडौं । गत आवमा नेप्सेमा रु. ४१ अर्ब ८५ करोड बराबरको बोनस शेयर सूचीकृत भएको छ भने रु. ९ अर्ब १२ करोड बराबरको आईपीओ निष्काशनका लागि सेबोनले स्वीकृति दिएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा रु.५५ अर्ब ६६ करोड बराबरको साधारण शेयर, रु.४१ अर्ब ८५ करोड बराबरको बोनस शेयर, रु.२७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.१६ अर्ब ८५ करोड बराबरको परिवर्तनीय अग्राधिकार शेयर, रु.१० अर्ब ७६ करोड बराबरको हकप्रद शेयर, रु.३ अर्ब ४५ करोड बराबरको डिबेन्चर, रु.९७ करोड बराबरको एफपीओ र रु.२ करोड बराबरको अन्य गरी कुल रु. १५७ अर्ब ६ करोड बराबरको थप धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् ।
Read full story at source (corporatenepal.com)