हेलिकप्टर उद्धार चाहिएमा यसरी पठाउनुहोस् ह्वाट्सएप लोकेसन
techpana.com · Wed Aug 26 12:07:10 GMT 2026

काठमाडौं । विपद् वा आपतकालीन अवस्थामा परेका नागरिकको तत्काल उद्धारका लागि सरकारले ह्वाट्सएपमार्फत आफ्नो ‘जिओ-लोकेसन’ पठाउन आग्रह गरेको छ । बुधबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उद्धारका लागि सर्वसाधारणलाई यस्तो आग्रह गरेका हुन् ।
हेलिकप्टरमार्फत उद्धार आवश्यक परेको खण्डमा सम्भव भएसम्म नजिकैका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) लाई ह्वाट्सएपमा आफ्नो लोकेसन पठाउन सकिने उनले बताए ।
Read full story at source (techpana.com)