स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
ratopati.com · Sun Jul 12 07:41:31 GMT 2026

तेहरान । स्ट्रेट अफ होर्मुज नजिक व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि एक भारतीय नागरिक बेपत्ता भएका छन् । सो घटनामा अन्य १० भारतीय नागरिकको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार जीएफएस ग्यालेक्सी नामक साइप्रसको झण्डा बोकेको कन्टेनर जहाज ओमानको तट नजिक आक्रमणमा परेको थियो । उद्धार गरिएका १० भारतीय नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ भने बेपत्ता व्यक्तिको खोजी जारी छ ।
Read full story at source (ratopati.com)