बाढीबाट प्रभावित क्षेत्रमा बिजुली आपूर्ति गर्न प्राधिकरणको काम तीव्र
clickmandu.com · Wed Aug 26 12:40:25 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ ।
बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको जनाएको छ। साथै, विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्थासमेत अपनाइएको प्राधिकरणले जनाएको छ ।
Read full story at source (clickmandu.com)