रसुवा बाढीका कारण ४४ सैनिक सम्पर्कविहीन
onlinekhabar.com · Wed Aug 26 12:44:40 GMT 2026

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा एक्कासी आएको बाढीले ४४ जना नेपाली सेना सम्पर्कविहीन भएका छन् ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ४४ जना सैनिक अहिलेसम्म सम्पर्कमा आएका छैनन् । उनका अनुसार बेपत्ता सैनिक लाङटाङ राष्ट्रिय निकुञ्ज र जलविद्युत् आयोजनाको सुरक्षार्थ खटिएका थिए ।
Read full story at source (onlinekhabar.com)