नेपाली सेना र निजी क्षेत्रले गरे अहिलेसम्म ११४ जना बाढी प्रभावितको हवाई उद्धार
annapurnapost.com · Wed Aug 26 12:45:10 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेका ११४ जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रले अहिलेसम्म ११४ जनाको हवाई उद्धार गरेका हुन्।
नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ। निजी क्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्। नेपाली सेनाले रसुवाको टिमुरे–धुन्चेमा ६० जना, टिमुरे–त्रिशूलीमा १३ जना , मैलुङमा ५ जना, बेत्रावतीमा ४ जना र त्रिशूलीदेखि काठमाडौंसम्म३ जनाको उद्धार गरेको छ।
Read full story at source (annapurnapost.com)