रसुवा बाढी : हालसम्म ७२ जनाको शव फेला
ratopati.com · Wed Aug 26 12:50:44 GMT 2026

काठमाडौँ । रसुवा स्थित भोटेकोशीमा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ७२ जना पुगेको छ ।
अहिलेसम्म ७२ जनाको शव भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित नदी तटिय क्षेत्रमा शव भेटिएको हो । भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी काफ्लेले जानकारी दिए ।
Read full story at source (ratopati.com)